images
images
  • सुनको मूल्यमामा सामान्य बृद्धि, यस्तो छ आजको बजारभाउ

    काठमाडौं- बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले बढको थियो । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

    आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images