images
images
  • प्रचण्डपत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

    काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

    कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखापरेपछि गत शुक्रबार अस्पताल भर्ना भएकी दाहाललाई मंगलबार डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न चिकित्सक डा. बाबुराम पोखरेलले जानकारी दिए ।

    दाहाल आईसीयूमा थिइन् । दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकाले घर जाने सल्लाह दिइएको डा।पोखरेलले बताए । यद्यपि, कोभिडको असर कम भएलगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images