• एमाले स्थायी कमिटी बैठक: विपक्षी गठबन्धनमा लागेका माधव–झलनाथसहित ११ नेतालाई पार्टीबाट निष्कासित

    काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहका ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

    पार्टीको अनुशासन विपरीत गतिविधि गरेको भन्दै नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

    एमालेको शनिबार बसेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

    बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    सोही अनुसार आइतबार २४ घण्टाको म्याद दिएर स्पष्टीकरण सोधेपनि उक्त समूहले स्पष्टीकरण दिएका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस्