images
images
  • सुनको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

    काठमाडौं- सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा म‌ंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।

    यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images