images
images
  • बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी


    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

    बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यहरुमाथि कारवाही गर्ने बारे छलफल चलेको छ ।

    बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारवाही गर्ने बारे छलफल भइरहेको एक सदस्यले बताए ।

    अर्को स्पष्टीकरण सोध्ने वा अनुशासन उल्लंघनको आरोपमा निष्कासनको कारवाही गर्ने भन्ने बैठकले टुंगो लगाउनेछ । आज रिट निवेदनमा २३ जना निवर्तमान सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भइरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्