images
images
  • कोरोना संक्रमणबाट नेपाल प्रहरीका डिएसपी खरेलको निधन


    काठमाडौं । कोभिड महामारीबाट नेपाल प्रहरीका अर्का एक जना डिएसपीको पनि निधन भएको छ ।

    फ्रन्टलाइनमा खटिएका डिएसपी समिरचन्द्र खरेलको कोभिड संक्रमणको दोस्रो लहरबाट निधन भएको हो ।

    केही दिनयता नेपाल प्रहरी अस्पतालमा भर्ना भएका खरेलको उपचारका क्रममा सोमबार निधन भएको उनका पारिवारिक सदस्य भूतपुर्व डिएसपी दिपक खरेलले पुष्टि गरेका छन ।

    २०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका उनले २०५८ को खुला प्रतियोगिताबाट निरीक्षक दर्जामा उत्तीर्ण गरेका थिए ।काभ्रे, खरेलथोकका बासिन्दा उनी खेल क्षेत्रमा पनि सक्रिय थिए ।

    गत साता मात्रै नेपाल प्रहरीका अर्का डिएसपी राजकुमार केसीको पनि कोभिडकै कारण प्रहरी अस्पतालमा निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images