images
images
  • यस्तो बन्यो राष्ट्रिय युवा संघको ४०५ सदस्यीय महाधिवेशन आयोजक समिति (सर्कुलरसहित)

    काठमाडौं- नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नेपालले किरण पौडेलको संयोजकत्वमा ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटीको सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी छन् ।

    युवासंघ केन्द्रीय सचिवालयको दोस्रो पूर्ण वैठक र नवौं महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण वैठक पोखरामा पुस २८ देखि ३० गतेसम्म आयोजना भएको थियो । उक्त वैठकले गठन गरेको आयोजक कमिटीलाई अन्तिम रुप दिँदै संयोजक किरण पौडेलले संगठनभित्र विशेष सर्कुलर जारी गरेका छन् ।

    सर्कुलरमा उल्लेख भए अनुसार राष्ट्रिय महाधिवेशनपछिको दोस्रो हैसियत कायम रहने गरी २५०१ सदस्यीय केन्द्रीय युवा परिषद निर्माण गर्ने निर्णयसमेत भएको छ । परिषदमा २० प्रतिशत मनोनित हुन्छ । यस्तै युथफोर्स र साइबर सर्कल विभागलाई केन्द्रदेखि वडासम्म बिस्तार गरिने उल्लेछ ।

    हेर्नुस यस्तो छ सर्कुलर :

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/01/circular-magh5-final-1.pdf

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images