images
images
  • साताको सेयर कारोबार : नेप्से ७४ अंकले बृद्धि, सबैभन्दा धेरै बैंकिङ उपसमूह

    काठमाडौं- यो साता सेयर बजारको नेप्से परिसूचक ७४ अंकले बढेको छ । यो साता बजार बन्द हुँदा नेप्से २९३१ अंकमा अडिएको छ । अघिल्लो साता २८५७ अंकमा रहेर बन्द भएको थियो । समग्रमा यो साता नेप्सेको वृद्धिदर सुस्त रह्यो ।

    साताको पहिलो दिन आइतबार परिसूचक ६९ अंक बढ्यो भने सोमबार २०‍.६४ अंकले थप उकालो लाग्यो । मंगलबार १०.७८ अंकले घटेको बजार बुधबार थप ३८.३५ अंक घट्यो । यद्यपि अन्तिम कारोबार हुने दिन बिहीबार ३३ अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा पुगेको छ ।

    कारोबार रकम पनि त्यति बढ्न सकेन । आइतबार ९ अर्ब ६७ करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ९० करोडमा खुम्चियो । मंगलबार ८ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब २ करोडमा सीमित भयो । बिहीबार झन् ५ अर्ब ७७ करोडमा खुम्चियो ।

    उपसमूहगत रुपमा हेर्दा यो साता बैंकिङ उपसमूहको वृद्धिदर अरुभन्दा उच्च रह्यो । सो उपसमूह ३.५८ प्रतिशतले बढेको छ । अघिल्लो साताको अन्तिम दिन सो उपसमूह १८४३ अंकमा रहेकोमा यो साता १९०९ अंकमा पुगेको छ । यो साता व्यापार र माइक्रोफाइनान्स उपसमूह घटे ।

    यस्तो छ यो साता उपसमूहको उतारचढाव

    बैंकिङ -३.५८

    जीवन बीमा- ३.१९

    निर्जीवन बीमा- २.२३

    उत्पादन- ३.३५

    विकास बैंक- १.९९

    फाइनान्स- ०.४६

    जलविद्युत- ३.३३

    होटल- १.३९

    व्यापार- ९१.५९०

    अन्य- ३.३१

    माइक्रोफाइनान्स- ९०.०५०

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images