images
images
  • आज राती १२ बजेदेखि सवारी साधानमा जोर बिजोर प्रणाली, यी सवारीसाधनलाई लागू हुँदैन जोरबिजोर प्रणाली (सूचीसहित)

    कोरोना जोखिम बढ्दै गएको भन्दै काठमाडौं उपत्यकामा शुक्रवार राति १२ बजेदेखि लागू हुने गरेर जोरबिजोर प्रणाली लागू गरिएको छ । यो प्रणालीअनुसार सार्वजनिक तथा निजी सवारीसाधन ९दुई पांग्रेसहित० जोर गते जोर र बिजोर गतेका दिन बिजोर नम्बरका सवारीसाधनहरू सञ्चालन गर्नुपर्ने छ ।

    यद्यपि अत्यावश्यक सवारीसाधनको हकमा भने जोरबिजोर प्रणाली लागू हुनेछैन ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास–पेट्रोलका गाडी, खाद्यान्न दुग्धजन्य, फलफूल, पानीलगायत कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधनहरू (चालक र सहचालक मात्र), निर्माण सामग्री बोक्ने सवारीसाधन ९चालक र सहचालक मात्र० लाई जोरबिजोर लागू हुने छैन ।

    त्यस्तै परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थाका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन, बैंकरबीमारबित्तीय संस्थारवायुसेवा कम्पनी र डाँक तथा कुरियर सेवारदूरसञ्चार सेवा प्रदायक निकाय कर्मचारीले प्रयोग गर्ने सवारीसाधनलाई पनि जोरबिजोर लागू हुने छैन ।

    पत्रकारहरूको हकमा सूचना विभागबाट जारी प्रेस पास वा पत्रकार परिचयपत्रका आधारमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ भने सरकारी सवारी साधन र कूटनीतिक नियोगका सवारीसाधनलाई पनि जोरबिजोर लागू नहुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

    ktm odd even P8Z8TNBq3r

    प्रतिक्रिया दिनुहोस्
    images
    images