जनकपुरधाम- मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन बनेको छ ।
एमाले मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुवै पार्टीबीच गठबन्धन बनेको जानकारी दिएका हुन् ।
उनीहरूका अनुसार एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादव (साईकल छाप) लाई मतदान गर्ने सहमति भएको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन यही १२ माघमा निर्वाचन हुँदै छ ।
हेर्नुस् संयुक्त विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















