images
images
  • कोरोना रिपोर्ट नेगेटिभ आएपछि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ ।

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच सोमबार बिहान भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारले लोकपथलाई जानकारी दिए ।

    उनका अनुसार प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएसँग पहिलोपटक प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन् । भेटघाटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम साथै स्थानीय तहको निर्वाचनका सम्बन्धमा समेत छलफल भएको थियो ।

    ‘बिहान भेटघाट भएको हो । भेटघाटका क्रममा पछिल्लो राजनीतिक घटनाका सन्दर्भमा छलफल भएको हो ।’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images