images
images
  • यस्तो छ आजको सुनचाँदीको बजार भाउ

    काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    यसैगरी, तेजावी सुन तोलाको ९१ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images