images
images
  • सुनको मूल्य बढ्यो, यस्तो छ आजको सुनचाँदीको बजार भाउ

    काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको पाइन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँ कायम भएको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ हजार२०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको भाउ पनि प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images