images
images
  • विपक्षी गठबन्धनको रिटमा एमालेका ३ सांसदले गरेन हस्ताक्षर


    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्ने रिट तयार भएको छ ।

    रिटमा विघटित प्रतिनिधिसभाका १४६ जना सांसदको हस्ताक्षर र सनाखत भएको छ । यसअघि नेकपा एमालेका २६ जनाको हस्ताक्षरसहित १४९ जनाको नाम राष्ट्रपति समक्ष पठाइएको थियो ।

    रिट दायर गर्ने अन्तिम समयमा एमालेका सांसद गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर नगरेपछि एमालेको संख्या २३ मात्र भएको छ ।

    रिट निवेदनमा नेपाली कांग्रेसका ६१,माओवादी केन्द्रका ४९,जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एकजना सांसदको हस्ताक्षर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images