images
images
  • कालापानीलगायतलाई पाठयक्रममा समावेश गर्न माओवादीको माग

    काठमाडौं- नेकपा माओवादी केन्द्रले कालापानीलगायतका भूमि समावेश गरेर पाठ्यक्रम बनाउन माग गरेको छ । हालै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले समसमायिक प्रस्ताव पारित गर्दै उक्त माग गरेको हो ।

    ‘यो महाधिवेशन कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ,’ प्रस्तावमा भनिएको छ, ‘साथै, संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ ।’

    माओवादीले पुष्पकमल दाहाल प्रचण्डलाई पुनः अध्यक्ष चयन गर्दै हालै महाधिवेशन सम्पन्न गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images