काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंगो गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ६ वटा प्रदेशका उम्मेदवार टुंगो लगाएको उपसभापति धनराज गुरुङले जानकारी दिए।
यसअघि सोमबारै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले राष्ट्रिय सभामा भागवण्डाको टुंगो लगाएको थियो। पाँच दलको सहमति अनुसार यसअघि जुन पार्टीबाट निर्वाचित भइ अहिले अहिले खाली भएका छन् ती स्थानमा त्यही पार्टीलाई दिएर सघाउने निर्णय भएको थियो।
सहमति अनुसार माओवादीलाई ४ वटा, नेकपा एकीकृत समाजवादीलाई चारवटा र काङ्ग्रेसलाई ६ वटा सिट उसैलाई दिएर सत्ता गठबन्धन दलहरुबीच एकअर्कालाई सघाउने निर्णय भएको थियो।
प्रमुख प्रतिपक्षी एमालेको भागमा रहेको ८ सिटमध्ये कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एकर एक, जसपालाई २ र राष्ट्रिय जनमोर्चाले १ सिट बाँडफाँट गर्ने सहमति पनि गरेका थिए।
यी हुन राष्ट्रियसभाका उम्मेदवार :
प्रदेश १ : गोपाल बस्नेत,
बागमती प्रदेश: कृष्णप्रसाद पौडेल,
गण्डकी प्रदेश: कमला पन्त,
लुम्बिनी प्रदेश: युवराज शर्मा,
कर्णाली प्रदेश:दुर्गा पुन र
सुदूरपश्चिम प्रदेश: नारायणदत्त मिश्र


विश्व खबर 


















