अर्घाखाँची- एनेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य, अर्घाखाँची सह-ईञ्चार्ज तथा पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेस प्रवेश गरेकी छन्।
कांग्रेस पाणिनी गाउँसमितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले गौतमलाई पार्टी प्रवेश गराएका हुन् ।
नेकपा एमालेबाट माधवकुमार नेपाल अलग भई नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए। त्यसबेला गौतम एमाले छाडेर समाजवादीतर्फ लागेकी थिइन्।
गौतमसँगै नेकपा एसमा सनाखत गरेका वडा सदस्य प्रकाश भुसाल एमालेमा फिर्ता भइसकेका छन् ।
दुर्गाफाँटमा भएको आमसभामा सम्बोधन गर्न महामन्त्री थापा, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, सञ्जय गौतमलगायत हेलिकप्टरमा आज अर्घाखाँची पुगेका थिए।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















