images
images
  • एकीकृत समाजवादीद्धारा एकताका लागि आग्रह

    काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ ।

    पार्टीले सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्न एकताका लागि प्रस्ताव गरेको हो । पार्टीले हालै नेकपा ९जनवादी० र राष्ट्रिय जागरण परिषद्लाई एकताबद्ध गरेको छ । देवसिंह महताको नेतृत्वमा रहेको जनवादीका ४५ जिल्ला कमिटी र सोही सङ्ख्यामा जनसङ्गठनका ११ हजारभन्दा बढी नेता तथा कार्यकर्ता छन् । त्यस्तै साध्यबहादुर भण्डारीको नेतृत्वमा रहेको परिषद्का सबै सदस्य नेकपा (एस)मा समाहित भएको हो ।

    पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा (एस) ले अवलम्बन गरेका आदर्श तथा कार्ययोजनाका आधारमा गठन भएको छोटो अवधिमै विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा सङ्गठित हुने लहर चलेको जानकारी दिए ।

    नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा सुनसरीका नेता धर्मराज निरौलाको नेतृत्वमा ३०० र पाल्पाका नेता यादवबहादुर रायमाझीको नेतृत्वमा ६७ नेता तथा कार्यकर्ता उक्त पार्टीमा प्रवेश गरेको छ । उनी दुवै जना पूर्वसांसद हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images