images
images
  • सवारी ज्यान मुद्दामा मन्त्री सोडारीका छोरा पक्राउ

    महेन्द्रनगर- कैलाली प्रहरीले सवारी ज्यान मुद्दामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीका छोरालाई पक्राउ गरेको छ ।

    सोडारीका २३ वर्षीय छोरा बबीलाई आइतवार पक्राउ गरिएको हो । बबीको गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । २ पुसमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले टीकापुर नगरपालिका –१ मा ९९ वर्षीया पैदल यात्री दुर्गादेवी न्यौपानेलाई ठक्कर दिएको थियो ।

    घाइते न्यौपानेको उपचारका क्रममा ११ पुसमा मृत्युु भएको थियो । उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहने गरी सोडारीलाई छाडिएको र मृत्युको घटनापछि सम्पर्कमा नआएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images