images
images
  • सलामी मोह: अरुको आलोचना गर्ने मन्त्री झक्री आफै ‘पिर्के सलामी’मा

    काठमाडौं- स्थानीय तहका पदाधिकारीले पिर्के सलामी लिएकोमा विरोध गर्दै आएकी शहरी विकास मन्त्री रामकुमार झाँक्री आफैं सलामीका कारण विवादमा तानिएकी छिन् ।

    ०७४ सालको स्थानीय तथा प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि जनप्रतिनिधिहरुमा सलामी खाने होडवाजी चल्यो। पिर्का, टुवुल र कुर्षीमा समेत सलामी खान थालेपछि जनप्रतिनिधिले आलोचना बेहोर्नु परेका कैयौं उदाहरण छन्।

    पिर्कामा भए पनि उभिएर सलामी लिएका दृश्य सार्वजनिक हुन थालेपछि जनप्रतिनिधिको सलामी मोहलाई संकेत गर्दै ‘पिर्के सलामी’ को संज्ञा दिन थालिएको थियो। पिर्के सलामीबाट धेरै जसो स्थानीय तहका जनप्रतिनिधिहरु वद्नाम भए ।

    तर, गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कर्णाली प्रदेशका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, प्रचण्ड पुत्री रेणु दाहाललगायत नेताहरु पनि ‘पिर्के सलामी’ बाट अछुत रहन सकेनन् । उनीहरुको आलोचना नगर्ने सायद कोही थियो होला।

    रातो पिर्का वा टेबलमा चढेर सलामी ग्रहण गर्ने जनप्रतिनिधिको ब्यापक आलोचना गर्नेमा नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्री (तत्कालिन नेकपाकी नेतृ) पहिलो नम्वरमा थिईन।

    उनले स्थानीय तहका कुनै जनप्रतिनिधिले पिर्कामा उभिएर सलामी खाएको फोटो ट्वीट गर्दै आलोचना गरिन। उनको यो ट्वीटपछि झाँक्रीलाई क्रान्तिकारी नेतृ र आडम्वरी प्रवृत्तिको विरोधीका रुपमा धेरैले प्रसंसा गरे । तर, तिनै क्रान्तिकारी नेतृ अहिले पिर्के सलामीको मोहमा परेर वदनाम भएकी छिन् ।

    गृहजिल्ला गुल्मी पुगेको बेला इलाका प्रहरी कार्यालय मदानेमा मन्त्री झाँक्रीले सलामी ग्रहण गरेकी थिइन् । रातो कपडाले बेरिएको पिर्कामा उभिएकी मन्त्री झाँक्रीलाई ५ जना प्रहरीले सलामी दिइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    विगतमा पिर्के सलामी लिएका स्थानीय तहका पदाधिकारीबारे झाँक्रीले गरेको कमेन्टसहित सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

    Ramkumari Jhakri mOOsfH1wc1 1

    बहुसंख्यकले ‘पद नपाउञ्जेल मात्र रहेछ विरोध गर्ने’ भन्दै कमेन्ट गरेका छन् ।

    गृह जिल्ला भ्रमणमा रहेकी नेकपा एकीकृत समाजवादीकी नेतृ झाँक्रीले पिर्के सलामीबारे भइरहेका कमेन्टबारे कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images