images
images
  • सुनसरी एमालेका संविधानसभा सभाषद निरौलासहित पाँचसय नेता कार्यकर्ता ‘एस’मा प्रवेश

    सुनसरी- नेकपा एमालेका नेता पुर्व केन्द्रिय सदस्य तथा संविधानसभाका सभाषद धर्मराज निरौलासहित सो पार्टीका विभिन्न तहका पाँचसय बढी नेता कार्यकर्ताहरु विद्रोह गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन ।

    एमालेमा विद्रोह गरेका नेताहरुलाई ‘एस’को विभिन्न कमिटीमा राखी जिम्मेवारी दिन थालेपछि बिहिवार एमाले छाडेका नेता निरौलाले नेकपा एकिकृत समाजवादीको पोलिटव्युरो सदस्यको जिम्मेवारी पाएका छन ।

    संविधानसभा सदस्य भएका धर्मराज निरौला नेकपा एमालेको नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य रहेका सुनसरी जिल्ला इन्चार्जसमेत रहेका थिए ।

    पोलिटव्युरोको जिम्मेवारी पाएका नेता निरौलाले कम्युनिष्ट पार्टीको स्थापनादेखि निरङकुशता विरुद्ध लडदै अनेक आरोह अवरोहबाट संद्यिय लोकतान्त्रीक गणतन्त्रसम्म आइपुग्दाको अवश्थामा प्राप्त उपलब्धीलाई केपी ओलीले निजी कम्पनीका रुपमा निजिकरण गरि नेपालको कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी भासमा लगेकाले आफुहरुले आन्दोलन जोगाउन विद्रोह गरेको बताए ।

    नेता निरौलाले सुनसरी जिल्लामा एमाले भित्र रहेका सयौ नेता कार्यकर्ताहरु विद्रोह गरेर आफुसगै नेकपा एसमा समाहित भएकाले जिल्लामा पहिलो नम्बरको पार्टीका रुपमा स्थापित गराउन भुमिका निर्वाह गर्ने बताए ।

    सुनसरीको रामधुनी नगरपालिका झुम्का घर भएका नेता निरौलासगै एमालेका विभिन्न कमिटीमा जिम्मेवारी निर्वाह गरेका ५ सयजना भन्दाबढी सुनसरीका नेता कार्यकर्ताहरु विद्रोह गरि नेकपा एसमा प्रवेश गरेका छन ।

    नेकपा एस सुनसरीले आफनो नेकपा एक सुनसरी नाम गरेको फेसवुकपेज मार्फत नेता निरौला पार्टीको पोलिटव्युरो सदस्यमा जिम्मेवारी पाएको जानकारी बिहिवार सार्वजनिक गरेको थियो ।

    नेकपा एकिकृत समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले एमालेबाट समाजवादीमा आएका जिल्लाका अन्य नेता कार्यकर्ताहरुको नाम पदसहितको जिम्मेवारी आउदो पुस महिना भित्र सार्वजनिक गर्ने बताए ।

    नेकपा एस स्रोतका अनुसार पुस २३ गते एमालेको जिल्ला अधिवेशन भएकाले अधिवेशन लगतै सयौको सख्याँमा थप नेता कार्यकर्ताहरु सो पार्टीबाट सामुहिक रुपमा विद्रोह गरि आउने तयारीमा रहेकाले एक हप्तापछि विद्रोही नेता कार्यकर्ताहरुको नाम सार्वजनिक गर्ने तयारी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images