काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मंगलबार अर्को वाम घटक नेकपा (जनवादी)सँग पार्टी एकताको घोषणा गर्ने भएको छ।
आज राष्ट्रिय सभागृहमा एकता घोषणा सभा गरि दुवै पार्टीबीच एकीकरण हुन् लागेको हो । एकता घोषणा सभा मध्यान्ह साढे १२ बजेबाट सुरु भइरहेको छ ।
एमालेबाट बिद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादी संसद्को चौंथो ठूलो दल हो । हाल सरकारमा समेत सहभागी समाजवादीको देशव्यापी संगठन छ ।
जनवादी पार्टी भने २०६२ पछि अस्तित्वमा आएपनि उसको खासै राजनीतिक प्रभाव छैन । तत्कालीन नेकपा माओवादीले शान्तिपूर्ण राजनीतिको बाटो अख्तियार गर्ने निर्णय गरेपछि असन्तुष्टहरुले जनवादी पार्टी गठन गरेका थिए । सो पार्टीको नेतृत्व देवन्द्रसिंह महताले गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















