images
images
  • नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं- नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरणका लागि १४ पुसमा बुक क्लोज गर्दै छ । यस अनुसार नेप्सेमा मंगलबारसम्म कायम रहने सेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन सक्नेछन् ।

    कम्पनीले आर्थिक वर्ष २०७६र०७७ को नाफाबाट लगानीकर्तालाई १६ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित दुई दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न २२ पुसमा साधारणसभा बोलाएको छ । सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

    सभामा नियमावली संशोधन गर्ने, आर्थिक वर्ष २०७६र०७७ को वासलात, नाफा(नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७र०७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images