images
images
  • सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो

    काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो ।

    आज तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ ।

    सोमबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images