images
images
  • २०२१ मा विश्वभर ५० खर्ब डलरभन्दा बढीको कम्पनी खरिदबिक्री

    काठमाडौं- सन् २०२१ मा विश्वभर ५० खर्ब डलरभन्दा धेरैको कम्पनी खरिदबिक्री भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार २०२१ मा पहिलोपटक कम्पनी खरिदबिक्री ५० खर्ब डलर नाघेको हो।

    डिललोजिकको डिसेम्बर १६ सम्मको तथ्यांकअनुसार विश्वभर ५६ खर्ब ३० करोड डलरको समग्र कम्पनी खरिदबिक्री भएको छ। यसअघि सन् २००७ मा ४४ खर्ब २० करोड डलरको कम्पनी खरिदबिक्री भएको थियो।

    विश्वव्यापीरूपमा भएको कम्पनी खरिदबिक्रीमध्ये अमेरिकामा मात्र २० खर्ब डलरको कम्पनी खरिदबिक्री भएको छ। यसमा सबैभन्दा ठूलो हिस्सा प्रविधि तथा स्वास्थ्य सेवा कम्पनीले ओगटेको छ।

    कोभिड–१९ को महामारीको कारण विश्वभरका धेरै कम्पनीको आर्थिक अवस्था कमजोर बनेकाले कम्पनी खरिद बिक्रीको कारोबार पनि बढेको हो।

    अहिले धेरै कम्पनीले आर्थिक संकटबाट बच्न आफ्नो शेयर बिक्री गर्दै पैसा उठाउने क्रमलाई तीव्रता दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images