काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६र०७७ को सञ्चित नाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको ८ पुसमा बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ०५ प्रतिशत गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
यसअनुसार कम्पनीले आर्थिक वर्ष २०७६र०७७ को सञ्चित नाफाबाट चुक्ता पुँजी दुई अर्ब २१ करोड १० लाख रुपैयाँको लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश बीमा समितिको स्वीकृति तथा आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















