काठमाडौं- नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादवले सरकारी निवासमै आत्महत्या गरेका छन् । संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रमुखसमेत रहेका यादवले निवासमै झुन्डिएर आत्महत्या गरेका हुन् ।
उनले आत्महत्या गरेको प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले पुष्टि गरे ।
नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप आएको छैन । घटना सत्य हो केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले भने ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भने घटना शंकास्पद भएकाले अनुसन्धान थालिएको जनाएको छ । घटना स्थलमा प्रहरीको अनुसन्धान टोली पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















