images
images
  • मध्य भोटेकोसीको ६ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेकोसहित ६ करोड कित्ता सेयर सूचीकृत भएको हो।

    कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको एक करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरूलाई निष्काशन गरेको छ लाख, संस्थापक सेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनीका संस्थापकहरूले लगानी गरेको तीन करोड छ लाख गरी छ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । अब आइतबार कारोबार खुल्दा सोही मूल्यका आधारमा खुल्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images