images
images
  • माओवादी सम्मेलन: २५ समूह बनाएर छलफल चलाउने

    काठमाडौं- नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ ।

    यही ११ पुसदेखि सुरु हुने माओवादीको प्रथम राष्ट्रिय सम्मेलन प्रस्ताव हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदनकाबारेमा छलफल गर्नका लागि २५ वटा समुह बनाएर दुई दिनसम्म छलफल चलाउने गरी गृहकार्य गरिरहेको हो ।

    ‘राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदन माथि छलफलका लागि २५ वटा समूह निमार्ण गर्नेछौं,’ व्यवस्थापन समितिका संयोजक हितमान शाक्यले न्युजकारखानासँग भने, ‘त्यसका लागि प्रज्ञा भवनका सबै हलहरू बुक गरिसकेका छौं, अपुग हुने ७(८ समुहलाई भने पेरिसडाँडामा स्थान तोक्दैछौं ।’

    उनका अनुसार प्रज्ञा भवनका चौरमा पनि समूहगत छलफल हुने गरी व्यवस्थापन गर्न लागिएको छ ।

    माओवादीको राष्ट्रिय सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, जेष्ठ कम्युनिष्ठ १२५, आयोग ७५, केन्द्रिय बिभाग १०२, केन्द्रिय प्रतिनिधि २७, मनोनित हुने ७३ जनासहित एक हजार ५३३ जना प्रतिनिधिले सहभागिता जनाउँदैछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images