images
images
  • कांग्रेस महाधिवेशन: दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, को-को विजयी भए ?

    काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

    पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका छन् ।

    दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित भएकी कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images