images
images
  • नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्कासनमा आजदेखि आवेदन खुला

    काठमाडौं- नारायणी डेभलपमेन्ट बैंकले आज बुधबारदेखि हकप्रद सेयर निष्कासन गरेको छ । बैंकले हाल कायम १ कित्ता सेयर बराबर १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।

    बैंकले एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरेको हो । बैंकले जारी गरेको हकप्रदमा सेयरधनीले २७ पुससम्म आवेदन दिन सक्नेछन् ।

    बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल छ। हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालय तथा मेरो सेयर सफ्टवेयर मार्फत पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

    यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्छ । बैंकको हाल १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्कासनपछि २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ पुग्नेछ

    प्रतिक्रिया दिनुहोस्
    images
    images