images
images
  • प्रतिनिधिसभाको बुधबार बैठक, चार अध्यादेश पेस गरिने सम्भावित कार्यसूची

    काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । जसमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ । साथै उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ ।

    एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।

    तेस्रो बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । सो बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने मंगलबार सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ ।

    संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबारको बैठकको सम्भावित कार्यसूची :

    karya suchi.jpg 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images