काठमाडौं- कपिलबस्तुका जसपा चर्चित नेता मंगलप्रसाद गुप्ताले आफ्ना समुहसहित नेकपा (एमाले) मा प्रवेश गरेको छ ।
कपिलवस्तुको बहादुगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गरेको हो।
गुप्तासहितका नवप्रवेसीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेको छ। नवप्रवेशीहरूमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या उल्लेखनीय रहेको सोही सभामा उपस्थित एमाले केन्द्रीय सदस्य तथा प्यूठान इञ्चार्ज सूर्य थापाले जानकारी दिए ।
गुप्ता समुह प्रवेशसँगै कपिलबस्तुमा एमाले पहिलो शक्तिको रुपमा उदाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















