images
images
  • एमालेद्वारा नेता चौलागाइको १३ औँ दिनको श्रद्दाञ्जली सभा आयोजना, चौलागाई फाउण्डेसन स्थापना गरिने


    दोलखा । कोभिडका कारण असामयिक निधन भएका नेकपा एमालेका नेता एवं दोलखा प्रदेश (ख) का सांसद स्व पशुपति चौलागाइको स्मृतिमा नेकपा एमाले दोलखाले आज तेह्रौ दिनको स्मृति सभा आयोजना गरेको छ ।

    कोरोनाका उपचारका क्रममा मनमोहन मेमोरियल हस्पिटलमा अकल्पनीय निधन भएका नेता चौलागाईले पार्टीमा, जिल्ला र देशमा गर्नुभएको योगदानलाई स्मरण गर्दै आज नेकपा एमालेका सयौँ नेता र कार्यकर्ताले भर्चुअल जुम मार्फत श्रद्धाञ्जली अर्पण गरेका हुन ।

    सभामा एमाले वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेल, सञ्चार मन्त्री पार्वत गुरुङ, एमाले जिल्ला अध्यक्ष इश्वरचन्द्र पाखरेल, नेताहरु लालकुमार केसी, भरत केसी, नरबहादुर श्रेष्ठ लगायतले नेता चौलागाईको ४५ बर्षे राजनीतिक यात्रा, उहाँले पार्टी निर्माणमा खेल्नुभएको भूमिका, दोलखा जिल्लाको विकास निर्माणमा लिनुभएको अग्रसरता जस्ता बिषयमा चर्चा र स्मरण गरेको थियो ।

    उनको सरल र सादगी जीवनशैली, देश र जनताप्रतिको योगदान, जिल्लामा पार्टी भित्रका र बाहिरका ब्यक्तिहरुसँगको समन्वय र सहकार्य जस्ता बिषयमा नेताहरुले भावुक प्रस्तुती गरेको थियो ।

    सभामा परिवारका सदस्यहरु पनि सामेल भएर छोटो मन्तब्य राखेको थियो । चौलागाईका छोरा सुमन र भाइ हेमन्त चौलागाईले आफ्ना अभिभावकको सम्झनामा एउटा फउण्डेसन स्थापना गरेर सामाजिक कामहरु सञ्चालन गर्ने इच्छा ब्यक्त गरे ।

    पार्टीका नेताहरुले फाउण्डेसनको अवधारणा राम्रो भएको भन्दै छिटो भन्दा छिटो सुरुवात गरी सबैले सञ्चालनमा लाग्नुपर्ने धारणा राखे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images