काठमाडौं- नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको ३५९५ मतगणना सकिएको छ ।
पार्टी कार्यालय सानेपामा जारी मतगणनामा आइतबार साँझसम्म ३५९५ मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार सबैभन्दा धेरै मत शशांक कोइरालाले २९४० मत ल्याएका छन् । त्यसपछि एनपी साउदले र बालकृष्ण खाँणले लोकप्रिय मत पाएका छन् ।
साउदले २२६१ मत पाइका छन् भने खाँणले २२०७ मत पाएका छन् ।
गत आइतबार सम्पन्न निर्वाचन अन्तर्गत शनिबारदेखि खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको थियो । मतगणनाबाट ९९ उम्मेदवारमध्ये ३५ जना विजयी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















