images
images
  • यी हुन् कांग्रेसको खुलातर्फ अहिलेसम्म सबैभन्दा बढी भोट ल्याउने पाँच नेता

    काठमाडौ- नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि पार्टी कार्यालय सानेपामा मतगणना जारी छ।

    तीन दिनदेखि जारी मतगणना अनुसार २९९३ मतगणना सकिँदा डशशांक कोइरालाले सर्वाधिक मत पाएका छन् । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा उनले २४४२ मत पाएका हुन् । यस्तै एनपी साउद दोस्रो, बालकृष्ण खाँण तेस्रो, उदयशमशेर राणा चौथो तथा रमेश लेखक पाचौँ स्थानमा रहेका छन् ।

    जारी मतगणना अनुसार सुरुदेखि नै निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले लोकप्रिय मत ल्याइरहेका छन्। शेरबहादुर देउवा र डा.शेखर कोइरालाको दुवै प्यानलमा रहेका उनले सर्वाधिक ल्याइसकेका छन्।

    शशांकलाई देउवा प्यानलकै एनपी साउदले १८९६ मतसहित पछ्याइरहेका छन्। यस्तै देउवा प्यानलमै रहेका गृहमन्त्री बालकृष्ण खाँणले १८५१ मत ल्याइसकेका छन्।

    त्यसपछि चौथोमा उदय शमशेर जबरा छन्। जसले ताजा अवस्थामा १८०८ मत ल्याउन सफल भएका छन्। मतगणनाको पाँचौँ नम्बरमा देउवा प्यानलकै रमेश लेखक छन्। उनले अहिलेसम्म १७८२ मत ल्याएका छन्।

    कांग्रेसमा ३५ खुला केन्द्रीय सदस्यका लागि भएको मतदानमा ९९ जना प्रतिस्पर्धी थिए।

    यी हुन् धेरै भोट ल्याउने पाँच नेता

    १. शशांक कोइराला–२४४२
    २. एनपी साउद–१८९६
    ३. बालकृष्ण खाँण–१८५१
    ४. उदयशमशेर राणा–१८०८
    ५. रमेश लेखक–१७८२

    प्रतिक्रिया दिनुहोस्
    images
    images