images
images
  • एमाले सचेतक शान्ता चौधरीले गरिन् संसदको गाडी फिर्ता


    काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयबाट लिएको गाडी फिर्ता गरेकी छिन् ।

    जिम्मेवारीबाट मुक्त भएसँगै गाडी फिर्ता गरेको चौधरीले जानकारी दिइन् ।‘शुक्रवार मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि आज कार्यालय समय शुरू हुनासाथ गाडी फिर्ता गरें,’ चौधरीले भनिन् ।

    संसद सचिवालयले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई गाडि र इन्धन सुविधा दिने गरेको छ । प्रतिनिधि सभाको समितिका सांसदहरुले पनि गाडी फिर्ताको तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images