images
images
  • सह-महामन्त्रीमा शेखर प्यानलका पाण्डेको अग्रता कायमै

    काठमाडौं- नेपाली कांग्रेसको सहमहामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।

    सहमहामन्त्री अन्तर्गत तीनवटा समूहको नतिजा आइसकेको अवस्थामा अन्य ५ वटाको गणना गरिँदैछ। ताजा अवस्थामा पाँचवटा क्लस्टरमध्ये पिछडिएको क्षेत्रमा डा.शेखर कोइराला प्यानलका बद्री पाण्डेले अग्रता बनाइरहेका छन्।

    पिछडिएको क्षेत्रको सहमहामन्त्रीतर्फ २७७९ मतगणना हुँदा पाण्डेले १३७१ मतसहित अग्रता बनाएका हुन्।

    उनलाई शेरबहादुर देउवा प्यानलका जीवनबहादुर शाहीले १३२६ मतसहित पछ्याइरहेका छन्।

    शाही अहिले कर्णाली प्रदेशमा गठबन्धन सरकारका मुख्यमन्त्री समेत हुन्। त्यसैगरी सहमहामन्त्रीका अर्का प्रतिस्पर्धी चेतराज बरालले ५८ मत ल्याएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images