images
images
  • टाठ पल्टेर कर्मचारीलाई जग्गा बेचेर उपदान दिएको जडीबुटी कम्पनी नाफामाः अब १० हजारलाई रोजगारी दिने तयारी दिने

    काठमाडौं- सरकारी स्वामित्वमा रहेको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी नाफामा गएको छ । कुनै समय कर्मचारीलाई उपदान दिनसमेत जग्गा बेच्न बाध्य भएको कम्पनी तीन वर्षयतादेखि नाफामा गएको हो ।

    कम्पनीले आर्थिक वर्ष २०७५-०७६ देखि नाफा कमाएको हो । सो आवमा कम्पनीले एक करोड ९२ लाख नाफा गरेको थियो । आव २०७६-०७७ मा कम्पनीले एक करोड २२ लाख नाफा कमाएको थियो । आव २०७७-०७८ को अहिले लेखापरीक्षणको काम भइरहेको छ । यो आवमा पनि कम्पनी नाफामा रहेको तालुकदार वन तथा वातावरण मन्त्रालयको भनाइ छ ।

    अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थानसम्बन्धी प्रगति प्रतिवेदन अनुसार औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये जडीबुटी कम्पनी नाफामा रहेको एकमात्र संस्थान हो । कम्पनीले आव २०७६-०७७ देखि सेयरधनीलाई लाभांश बाँड्न थालेको छ । कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने तयारी पनि गरिरहेको छ ।

    कम्पनीलाई आगामीमा दिनमा अझै मुनाफामा लैजाने उद्देश्यसहित काम भइरहेको मन्त्रालयको भनाइ छ । जडीबुटी कम्पनीको पछिल्लो समयमा वित्तीय मुनाफा धरासायी बन्दै गइरहेको थियो । नेपालमा जडीबुटीको उत्पादन, बिक्रीवितरणको सम्भावना धेरै भए पनि पछिल्लो समय कम्पनीमा राजनीतिक दलका कार्यकर्ता करारमा नियुक्ति गर्ने थलो बनेपछि झन् घाटा बढ्दै गइरहेको थियो । कम्पनीले आवश्यकभन्दा बढी कर्मचारी राख्नु, कच्चा पदार्थको अभाव, निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अगाडि आउन नसक्दा कम्पनीको आम्दानी कम र खर्च बढी देखिएकाले यस्ता कमजोरी सुधार भइरहेको वन तथा मन्त्रालयले जानकारी गराएको छ ।

    जडीबुटी बेचेर नाफा कमाउने उद्देश्यले वि.सं. २०३८ मा कम्पनीको स्थापना भएको थियो । स्थापना भएको सुरुवातका दिनमा नाफा कमाएको कम्पनी पछिल्लो समय भने घाटामा गएको थियो । आम्दानीभन्दा खर्च बढी भएपछि अवकाश पाएका कर्मचारीलाई उपदान दिन कम्पनीले जग्गा बेचेको थियो । अवकाश पाएका कर्मचारीहरुलाई उपदान दिन, कच्चा पदार्थ बढाउन, प्रशोधन उपकरण थप गर्न देखिएको बजेट अभावलाई पूरा गर्न कोटेश्वरमा रहेको १३ रोपनी १४ आना जग्गा उपत्यका विकास प्राधिकरण कम्पनीलाई बेचेको थियो ।

    कम्पनीलाई नाफामूलक बनाउन सरकारले रणनीति बनाएर अगाडि बढाएपछि ३ वर्षयता भने नाफा कमाउन थालेको छ । कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले उत्पादनमा वृद्धि र स्रोतसाधनको उचित प्रयोग गरेपछि नाफा कमाउन थालेको बताए । “अहिले स्वदेशमा उत्पादन भएको जडिबुटी स्वदेशमा नै खपत भइरहेको छ । विदेशमा पनि यसको माग छ । उत्पादन बढाएर हामी अझै बढी मुनाफा कमाउन सक्छौं,” उनले भने, “वार्षिक एक अर्ब बराबर कारोबार गर्ने लक्ष्य राखेका छौं ।”

    हाल सरकारी निकायमात्र कम्पनीका सेयर सदस्य छन् । वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको सेयर सदस्यका रूपमा रहेका छन् । अब भने सर्वसाधारणलाई पनि सेयर बिक्री गरेर कम्पनीको पूँजी वृद्धि गरी जडीबुटी उद्योग प्रवद्र्धन गर्ने लक्ष्यअनुरुप कम्पनीले काम गरिरहेको छ ।

    नेपालमा करिब दुई हजार प्रकारका औषधिजन्य तथा सुगन्धित वनस्पति पाइन्छन् । वनस्पति विभागले हालसम्म ८१९ प्रकारका वनस्पति प्रमाणित गरेको छ । हाल ३०० वनस्पति व्यापारिक रूपमा प्रयोग भइरहेको छ । कार्कीका अनुसार कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको छ ।

    थप १० हजारलाई रोजगारी दिने
    सरकारी स्वामित्वमा रहको कोटेश्वरस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले १० हजार श्रमिकलाई रोजागर दिने लक्ष्य राखेको छ । झन्डै ४ दशकपछि नाफातिर उत्मुख भएको कम्पनीले अझै कम्पनीले थप १० हजार जानालाई रोजगारी दिने लक्ष्य राखेको हो ।

    कम्पनीका अध्यक्ष डा। सिन्धुप्रसाद ढुगांनाले आगामी दिनमा जडिबुटीबाटै मुनाफा बढाउने लक्ष्यसहित नयाँ व्यापार योजना स्वीकृत गरिएको भन्दै अगामी दिनमा थप १० हजारलाई रोजगार दिने लक्ष्य राखिएको बताए ।

    “जडिबुटीको खेती प्रणाली, प्रसोधन, उत्पादन, जनशक्ति, प्रविधि, पुँजीमा र बजारीकणमा स्तर उन्नती गर्दै जाने तयारी भएको छ” उनले भने, “कम्पनीले थप १० हजारलाई रोजगारी दिने तयारी गरेको छ, उनीहरुले जति काम गरे त्यति धेरै रकम पैसा पाउने छन् र नयाँ व्यापार योजनासहित जडिबुटीको बजार बिस्तार युरोपसम्म लग्ने तयारी गरेका छौं ।”

    कुनै समय घाटामा रहेर कर्मचारीलाई उपदान दिनसमेत जग्गा बच्न बाध्य भएको कम्पनीलाई मुनाफामा लैजान, मूल्य तथा उत्पादनमा वृद्धि गर्न थालेपछि कम्पनी बल्ल नाफामा जान थालेको छ । कम्पनीले आर्थिक वर्ष २०७५र०७६ देखि मुनाफामा पहिलोपटकको एक करोड ९२ लाख नाफा कमाएको थियो ।
    आव २०७६र०७७ मा यस कम्पनीले एक करोड २२ लाख नाफा कमाएको थियो । आव २०७७र०७८ को अहिले लेखापरीक्षणको काम भइरहेको छ । यो आवमा पनि कम्पनी नाफामा रहेको वन तथा वातावरण मन्त्रालयका भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images