images
images
  • कांग्रेसका बाँकी पाँच सहमहामन्त्रीको मतगणना सुरु, खसआर्यमा राठौरको अग्रता

    काठमाडौं- नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना सुरु भएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मतगणना सुरु भएको हो ।

    यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय ९डिना०, जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् ।

    आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खसआर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

    खसआर्यतर्फ देउवा समूहका किशोरसिंह राठौरले अग्रता लिएका छन् । उनले शेखर समूहका देवराज चालिसेलाई पछि पारेका हुन् । अहिलेसम्म दुई सय मत गनिसकिएको छ । जसमा राठौरले एक सय सात र चालिसेले ९१ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images