images
images
  • सुनको मूल्य निरन्तर उकालो, तोलामा एक हजारले बढ्यो

    काठमाडौ- शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो ।

    तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको थियो ।

    f.jpg 1 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images