images
images
  • प्रदीपको ‘पराजित हाँसो’

    काठमाडौं- नेपाली कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलसहित चार नेता पराजित भएका छन् । दुई जना महामन्त्रीका लागि २७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक अन्तिम परिणामअनुसार पौडेलसहित प्रकाशरण महत, मिनेन्द्र रिजाल र राजाराम कार्की पराजित भए ।

    महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि विजयी भएका छन् । थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

    यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए ।

    उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३  मत बदर भएको छ । तर, आफू महामन्त्रीमा पराजित भए पनि प्रदीप हँसिलो मुद्रामा पार्टी कार्यालय सानेपामा थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images