images
images
  • कांग्रेस महामन्त्रीमा विजयी थापा र शर्माले कति मत ल्याए ?

    काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिबेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको औपचारिक रूपमा घोषणा गरिएको छ ।

    २७ मंसिरमा दुई महामन्त्री पदका लागि भएको निर्वाचनमा थापा र शर्मा विजयी भएको कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
    उनका अनुसार थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका हुन् ।

    यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए ।

    उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ ।

    result.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images