images
images
  • ‘देउवा मात्रै होइन काङ्ग्रेसका अरु नेता पनि गठबन्धनलाई अघि बढाउनुपर्ने मान्यता राख्नुहुन्छ’: अध्यक्ष नेपाल

    काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक क्रान्ति जोगाउन बामपन्थी र लोकतान्त्रिक शक्तिसँग मिलेर लागेको उनले बताएको छ ।

    पार्टीको बाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले भने, “शेरबहादूर देउवा मात्रै होइन काङ्ग्रेसका अरु नेता पनि गठबन्धनलाई अघि बढाउनुपर्ने मान्यता राख्नुहुन्छ’।

    त्यस्तै उनले आफूहरु बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे। पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए । देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उनले निर्देशन दिए । उनले भने, “आमनागरिकलाई चेतनशील र सङ्गठीत बनाएर मात्रै परिर्वतन सम्भव छ ।”

    देशभरमा आफ्नो पार्टीमा नागरिकको आकर्षण बढिरहेको उनले बताए । सबै प्रदेशका र विभिन्न जिल्लामा पार्टी र सङ्गठन विस्तारका क्रममा रहेको र कतिपय जिल्लामा ठूलै परिवर्तन आइरहेको उनको भनाइ छ । वडा तहसम्म कमिटी बनाउन र पार्टीलाई गतिशिल बनाउन उनले निर्देशन दिए । उनले भन्नुभयो, “अरु पार्टीभन्दा कसरी भिन्न पार्टी बनाउने भन्नेमा हाम्रो ध्यान पुग्नुपर्छ ।”

    राजधानी काठमाडौँ र अरु विभिन्न शहरमा सडकको अवस्था खराब भएको उनले बताए । सरकारमा फरक–फरक पार्टीको संलग्नता भएकाले कतिपय विषयमा चुप भएर बस्नुपरेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images