images
images
  • कांग्रेस महाधिबेशन: दोस्रो चरणको निर्वाचनमा १ हजार ५ सय मत खस्यो

    काठमाडौ- नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान राजधानीको राष्ट्रिय सभागृहमा जारी छ । सोमबार भएको मतदानपछिको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले जीतका लागि मत हासिल गर्न नसकेपछि आज फेरि मतदान भएको हो ।

    दोश्रो चरणमा मतदान सुरू भएको हालसम्म १ हजार ५ सय मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । मतदानका लागि सभागृहमा​ ६ वटा बुथको व्यवस्था गरिएको छ ।

    मतदानस्थलमा यतिबेला उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन लाइनमा उभिएका मतदातासँग भोट माग्न व्यस्त छन् । दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images