images
images
  • दोस्रो चरणको निर्वाचन जारी, देउवा र कोइराला मतदानस्थलमा

    काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ । सभापति पदका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेबाट मतदान भइरहेको छ ।

    मतदानस्थलमा सभापतिका प्रतिस्पर्धीद्वय शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । उनीहरूले मतदान गरेका छैनन् ।

    यसअघि मतदानस्थलमा कोइराला जाने क्रममा कोइरालाका सहयोगी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images