काठमाडौं । अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो ! सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए ! तर, भयो उल्टो ! यसबीच उपभोक्ता ठग्न पल्किएका कालोबजारियाले यसपालि साबिक भन्दा बढाएका छन् !
गाउँमा किसानले मूल्य पाएका छैनन् १ तरकारी कुहेका र फालिएका छन् । कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् १ यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन !
खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ । महामारीलाई दुरुपयोग गर्दै सबैजसो सामानको अस्वाभाविक र असामयिक मूल्य बढेको छ १ बजारमा अहिले माग घटेको छ। यस्तो अवस्थामा मूल्य घट्नुपर्ने हो । तर, अत्यधिक नाफा खाने मोहमा झन् बढाइएको छ । यो छाडापनमा राज्य भने मौन बसेको छ।
महामारीका कारण उत्पन्न संकटलाई मौकाको फाइदा उठाउँदै कार्टेलिङ र कालोबजारीका कारण मूल्य र गुणस्तरमा सर्वसाधारण ठगिनुका साथै महँगीको मारमा परेका हुन् । निषेधाज्ञापछि स्वास्थ्य उपचार, औषधि, दैनिक उपभोग्यका सामग्री खाद्यान्न, इन्धन, तरकारीलगायतमा चर्को मूल्यवृद्धि गरी आम उपभोक्तालाई सकेसम्म यस्ता समूहले उखु निचोरे जस्तै निचोरेका छन् ।
सरकारको कमजोर नीतिका कारण बजारमा यस्तो अवस्था सिर्जना भएको उपभोक्तावादीहरूले औंल्याएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट


विश्व खबर 


















