images
images
  • संसदमा एमालेको नाराबाजी, बाहिर एमसीसीकाे विराेधमा प्रदर्शन

    काठमाडौं- प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरेका छन् ।

    राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरिरहेका छन् ।

    एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

    मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरूले नाराबाजी गरेका हुन् ।

    संसद् बाहिर भने अमेरिकी सहयाेग  मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसीकाे विराेधमा प्रदर्शन गरेका छन् । एमसीसी संसदबाट पारित नगर्न भन्दै माओवादी केन्द्र निकट कार्यकर्ताले  विराेध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images