images
images
  • समाजवादी पार्टीको प्रमुख सचेतकमा श्रेष्ठ चयन

    काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ ।

    आज बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको सो पार्टीले जनाएको छ ।

    गत भदौ २ मा नेकपा (एमाले) बाट विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images