images
images
  • काँग्रेस महाधिबेशन चुनाव अपडेटः २ बजेसम्म ६०० मत खस्यो

    काठमाडौं- काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि जारी चुनावमा सोमबार दिउँसोसम्म ६०० मत खसेको छ । निर्वाचन समितिले दिउँसो २ बजेसम्म ६०० प्रतिनिधिले मतदान गरेको जानकारी दिए ।

    मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका सभापतिका प्रत्यास शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधिसहित उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा. रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् ।

    अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images